Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबाट २२ यात्रु बोकेर हिँडेको बस दुर्घटनामा, पिल्लरले जोगायो

हाम्रो कोशी आवाज
माघ १४ २०७८, शुक्रबार
धरानबाट २२ यात्रु बोकेर हिँडेको बस दुर्घटनामा, पिल्लरले जोगायो

धरानः धरानबाट २२ यात्रु बोकेर हिँडेको बस दुर्घटनामा परेको छ ।
ब्रेक फेल भएर बस दुर्घटनामा परेको हो । को१ख ३५२३ नम्बरको सिर्जना डिलक्स नामको बस दुर्घटनामा परेको हो ।
धरानबाट उदयपुरको सदरमुकाम गाईघाट हिँडेको बस त्रियुगा नगरपालिकाको कदमाह–गाईघाट सडक खण्डअन्तर्गत देउरीमा दुर्घटनामा परेको हो । ब्रेक फेल भएको बस अनियन्त्रित बनेपछि दायाँतर्फ मोडिन पुगेको थियो । त्यसपछि बस पिल्लरमा ठोक्किन पुगेको थियो । बसले एउटा पिल्लर भाँचेपछि अर्को पिल्लरमा गएर ठोकिँदा बस रोकिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका ट्राफिक प्रहरी प्रमुख लिलाबहादुर श्रेष्ठले बस दुर्घटना हुनबाट जोगिएको बताए । उनका अनुसार पिल्लरमा ठोकिएर रोकिएको बसमा सवार सबै यात्रु सकुशल रहेको जानकारी दिए । चालक पारस गिरीले एक्कासी ‘स्टेरिङ फेल’ भएर बस अनियन्त्रित बनेको र पिल्लरमा ठोक्किन पुगेको बताए ।
उनले पिल्लरका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको बताए । उनका अनुसार पिल्लर नभएको भए बस सिधै बिजुलीको पोलमा ठोक्किने थियो । शुक्रबार दिउँसो सो बस दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति: माघ १४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend