Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बुबाले चलाएको ट्याक्टरले किचेर दुई वर्षीया छोरीको मृत्यु

हाम्रो कोशी आवाज
माघ १५ २०७८, शनिबार
बुबाले चलाएको ट्याक्टरले किचेर दुई वर्षीया छोरीको मृत्यु

बिर्तामोडः कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्याक्टरले किचेर शनिबार दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुची दुलाल रहेकी छिन् । बुबा बालकृष्णले चलाएको मे१त ७५९ नम्बको ट्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
घरअगाडि पार्किङ गरेर राखिएको ट्रयाक्टर स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी आरुची घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

प्रकाशित मिति: माघ १५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend