धरानः उदयपुर त्रियुगा नगरपालिका १ रुपनी स्थितमा स१त ४२९३ नम्बरको ट्याक्टर पल्टी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० वर्षीय नितेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
सो ट्याक्टरमा सवार तीनजना जना घाइते भएका थिए । घाइते मध्ये त्रियुगा नगरपालिका १ का १० वर्षीय नितेषको उपचारका क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु शनिबार राति ९ बजे भएको प्रहरीले जनाएको छ । घाइते मृतककै बुबा ४० वर्षीय सत्यनारायण चौधरी र उनकै अर्का छोरा १२ वर्षीय निमिष चौधरीको सोही अस्पतालमानै उपचार भइरहेको छ । उनीहरुको खेत जोतेर घर फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाइते निमिष चौधरीको बायाँ कम्मरमा र दुवै खुट्टामा चोट लागेको छ भने ट्याक्टर चालकको दाहिने हातमा चोट पटक लागेको छ । उनीहरू दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ ।