Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका श्रेष्ठसँगै खाल्डोमा पुरिएका अर्काको पहिचान खुल्यो

हाम्रो कोशी आवाज
माघ १६ २०७८, आइतबार
धरानका श्रेष्ठसँगै खाल्डोमा पुरिएका अर्काको पहिचान खुल्यो

विराटनगरः मोरङको धनपालथान गाउँपालिका–७, कमलपुरस्थित उखुबारीमा भेटिएका दुई शवको अनुसन्धानका लागि मोरङ प्रहरीको टोली काठमाडौं आइपुगेको छ ।
यही माघ १३ र १४ गते उखुबारीको खाल्डोमा दुईजनाको शव फेलापरेको थियो । दुवै शवको पहिचान भइसकेको छ । एक शव राजेन्द्रकुमार श्रेष्ठ र अर्को शव शम्भु चौधरीको रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीका अनुसार मृतक श्रेष्ठ र चौधरीबीच चिनजान रहेको देखिएको छ । चौधरी काठमाडौं र श्रेष्ठ भक्तपुरमा बस्दै आएका थिए ।
उनीहरू व्यावसायिक ‘पाटर्नर’ नदेखिए पनि फरक–फरक व्यवसायमा संलग्न रहेको देखिएको छ । चौधरी र श्रेष्ठ घरबाट गएको समय भने एकै देखिएको एसपी जिसीले बताए ।
चौधरी घरहरू बनाउने ठेकेदार रहेको खुलेको छ । श्रेष्ठले केही वर्षअघि धरानमा सुन व्यवसाय गरेका थिए । पछिल्लो समय उनी पनि घरजग्गा प्लटिङलगायत कारोबारमा रहेको खुलेको छ ।
प्रहरीका अनुसार श्रेष्ठ कारोबार मिलाउन धरान जान्छु भन्दै काठमाडौंबाट गएका थिए । एक महिनासम्म पनि सम्पर्कमा नआएका दुवैजनाको परिवारले प्रहरीको कुनै पनि निकायमा भने उजुरी दिएको थिएन ।
तर, उखु किसानले रगतजस्तो पदार्थ देखेपछि मोरङ प्रहरीलाई खबर गरेका थिए । प्रहरीले फरक–फरक खाल्डो उत्खनन गरेर दुई शव निकालेको हो । शवलाई गहिरो खाल्डोमा गाडिएको थियो भने गलाउनका लागि नुनको प्रयोग गरिएको पाइएको छ ।
उनीहरूको हत्या शव भेटिएकै स्थानमा भएको हो वा अन्य स्थानमा भन्ने खुलेको छैन । हत्याको कारण खुलेको छैन । तर, लेनदेनलगायत कारणले हत्या भएको हुन सक्ने प्रहरी अनुमान छ ।

प्रकाशित मिति: माघ १६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend