सुनसरीः सुनसरीको दुहबी नगरपालिका ५ दुहबीबाट लागूऔषधसहित समातिएका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका–३ का २८ वर्षीय सूर्य घिमिर, २३ वर्षीय नवराज लिम्बू र इटहरी–१७ का २० वर्षीय विमल केसी रहेका छन् ।
सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले कोशी राजमार्गमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको सार्वजनिक बस चेकिङ गर्ने क्रममा उनीहरुलाई लागूऔषध स्पास्मो प्रोक्जोभिन ३२ ट्याब्लेट र नाइट्रोजन ५० ट्याब्लेटसहित पक्राउ गरिएको हो । पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।