बिर्तामोडः झापामा फेरि अर्का एकजनाको मृत्यु भएको छ ।
जंगली हात्तीले कुल्चिँदा झापाको मेचीनगर नगरपालिका वार्ड नम्बर १३ का ७१ वर्षीय खम्बासिंह कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घरमै अन्न खान आएको हात्ती खेदाउने क्रममा हात्तीले कुल्चिँदा उनी गम्भीर घाइते भएका थिए ।
सोमबार भएको घटनामा घाइते कार्कीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।