धरानः धरानमा लागूऔषधसहित समातिएकाहरु सार्वजनिक गरिएको छ ।
विशेष सूचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवका अनुसार पक्राउ पर्नेमा धरान–१३ का २९ वर्षीय भरत मगर, २७ वर्षीय ओमप्रकाश लिम्बू, २६ वर्षीय सुजन श्रेष्ठ र ३० वर्षीय मन्दिप मगर रहेका छन् ।
आइतबार बेलुका धरान उपमहानगरपालिका वडा नम्बर १३ शिवधारा बेसक्याम्प टोलस्थित नरेश मगरको घरकोठा तलासी गर्दा भुइँकोठामा रहेको काठको पलङमाथि सिरानी मुनि सेतो प्लाष्टिकभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध खैरोहिरोइन २० ग्राम र डिजिटल तराजु थान १ समेत फेला पारी फेला परेको उनले जानकारी दिए ।
यस्तै, धरान उपमहानगरपालिका वडा नम्बर १२ चतरालाइन उपमहानगरपालिका गेटअगाडि हिँडिरहेका युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा वर्ष २६ को जनम मगर रहेका छन् ।
शंका लागेर शरीर खानतलासी गर्दा पाइन्टको गोजीमा कालो रंगको प्लाष्टिकमा लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध खैरोहिरोईन जस्तो देखिने लिसाइलो पदार्थ चार ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
उनले सो लागूऔषध सेवन र बेचबिखन गर्न ल्याई सञ्चय गरी राख्न लगेको भनी खुलाएको डिएसपी कुँवरले जानकारी दिए ।
यस्तै, धरान–३ भानुस्मृतिपथ बाटोमा हिँडिरहेका धरान–३ बस्ने सारन खड्गी पनि पक्राउ परेका छन् ।
उनको शरीर तलासी गर्दा निजले लगाएको ट्रयाकको गोजीमा सेतो रंगको प्लाष्टिकमा लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ ७ ग्रामह फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई सोधपुछ गर्दा धरान–३ बस्ने राजीव मगरले बेचबिखन र सञ्चय गरी राख्न दिएको भनी खुलाएको हुँदा वर्ष २२ को राजीव पनि पक्राउ परेका थिए ।
.