Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा खाद्यान्न र स्वास्थ्य सामग्रीमा कृतिम अभाव सिर्जना गरेको भन्दै मेयरलाई ‘रिपोर्ट’

हाम्रो कोशी आवाज
माघ १७ २०७८, सोमबार
धरानमा खाद्यान्न र स्वास्थ्य सामग्रीमा कृतिम अभाव सिर्जना गरेको भन्दै मेयरलाई ‘रिपोर्ट’

धरानः नेपाल नागरिक समाज सुनसरीले धरानमा दैनिक उपभोग्य खाद्यान्न सामाग्री तथा स्वास्थ्य सामाग्रीहरुको कृतिम अभावको सिर्जना गरी आफूखुशी मूल्यवृद्धि गरिरहेको अवस्थामा आम मानिसको जनजीवनमा प्रत्यक्षरुपमा असर परेको भन्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापनपत्र बुझाएको छ ।
सोमबार समाजले कोभिड १९ को महामारीमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउन माग गर्दै मेयर राईलाई ज्ञापनपत्र बुझाएको हो ।
समाजका कार्यवाहक अध्यक्ष दिवस पोखरेलले कोभिड १९ को महामारीमा जनताले अझ सहज र सुलभ तरिकाले दैनिक उपभोग्य सामाग्रीहरु पाउनुपर्ने माग राखे । उनले सरोकारवाला निकाय, प्रशासन, पत्रकार तथा नेपाल नागरिक समाजको संलग्नतामा चाँडो स्थानीय सरकारको तर्फबाट धरान उपमहानगरपालिकाले बजार अनुगमन गरी उपभोक्ताहरुलाई सहज बनाउन पनि आग्रह गरे ।
मेयर राईले ज्ञापनपत्र बुझ्दै उपमहानगरपालिकाले नियमित रुपमा अनुगमन गर्ने कार्य गरिरहेको जानकारी गराए । कोरोना महामारीको बीचमा पनि उद्योग वाणिज्य संघ र केन्द्रीय प्रविधि क्याम्पसका प्रतिनिधिसँग समन्वय गरेर तालिका बनाएर बजार अनुगमनलाई निरन्तरता दिइरहेको मेयर राईले स्मरण गराए । आगामी दिनमा बजार अनुगमनमा जाँदा नेपाल नागरिक समाजसँग पनि समन्वय गरेर अगाडि बढ्ने मेयर राईले प्रतिबद्धता व्यक्त गरे । मेयर राईले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग पनि सहकार्य गरेर धरानका केही वडाहरुमा सचेतनामूलक तालिम दिनुका साथै उपभोक्तालाई पनि सचेत गराएको जानकारी गराए ।

प्रकाशित मिति: माघ १७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend