Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका बजगाईंको दुर्घटनामा मृत्यु

हाम्रो कोशी आवाज
माघ १९ २०७८, बुधबार
धरानका बजगाईंको दुर्घटनामा मृत्यु

धनकुटामा भएको दुर्घटनामा पल्टिएको अटो ।

धरानः धरानका एक व्यक्तिको दुर्घटनामा मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश १ प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार मृत्यु हुनेमा धरान–१५ का योगेन्द्र बजगाईं रहेका छन् ।
इटहरी–२ पिपलचोकस्थित पक्की कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१ख ६१०८ नम्बरको तेलको ट्याङ्करमा सोही दिशातर्फबाट आउँदै गरेको को१ह ६४४१ नम्बरको टेम्पो पछाडिबाट ठक्कर खाई भएको सवारी दुर्घटनामा उनको ज्यान गएको हो । अटोमा सवार उनी गम्भीर घाइते भएका थिए । घाइते बजगाईंको धरानस्थित बीपी प्रतिष्ठान ल्याइपुरयाउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
टेम्पो चालक धरान–१६ बस्ने वर्ष ४० को रोशन बस्नेत सामान्य घाइते भएका थिए । दुर्घटनामा धरान–१३ बस्ने वर्ष ३४ कि निलु बर्मा गम्भीर घाइते घाइतेकी भएकी छिन् । यस्तै, निजकै छोरी वर्ष ११ कि नियाशा बर्मा, वर्ष ४ कि बिप्याङ्की बर्मा सामान्य घाइते भएका थिए । टेम्पो, ट्याङ्कर, ट्याङ्कर चालक बराहक्षेत्र–८ बस्ने वर्ष ३४ को लवनारायण चौधरी इप्रका इटहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । हलगडाबाट ५०० मिटर उत्तरमा पर्ने सडकमा दुर्घटना भएको र दुर्घटनाको कारण अटो तीब्र गतिमा कुदाइएको कारण भएको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीकै दुहबी ३ फुटानीचौकस्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिण आउँदै गरेको को३६प ५०५७ नम्बरको स्कुटीलाई विपरीत दिशामा जाँदै गरेको को१ख ४०४३ नम्बरको बसले ठक्कर दिँदा स्कुटी चालक जिल्ला तेह्रथुम साब्ला तुंफला ४ बस्ने वर्ष ६७ को गोपालबहादुर लेंलेखु लिम्बू गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा मङ्गलबार ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बसका चालक वर्ष ४२ को पूर्णबहादुर धिमाल इप्रका दुहवीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यसैबीच धनकुटामा मङ्गलबार राति अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी अटो चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका १ घर भई हाल धनकुटा नगरपालिका ७ जिरोप्वाइन्ट बस्ने ६० वर्षीय लालबहादुर दर्लामी मगरको मृत्यु भएको हो ।
धनकुटा बजारबाट जिरोप्वाइन्ट जाँदै गरेको मे१ह ४४७४ म्बरको अटो कोशी राजमार्गअन्तर्गत धनकुटा नगरपालिका ७ जिरोप्वइन्टमा अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी सुरज कार्कीले जानकारी दिए । उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको उपचारको क्रममा मङ्गलबार करिब ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ १९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend