Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ट्याक्टरबाट खसेका १३ वर्षीय बालकको किचिएर मृत्यु

हाम्रो कोशी आवाज
माघ १९ २०७८, बुधबार
ट्याक्टरबाट खसेका १३ वर्षीय बालकको किचिएर मृत्यु

खोटाङ: ट्र्याक्टर दुर्घटनामा परी खोटाङमा एक बालकको मृत्यु भएको छ।
रावाबेंसी गाउँपालिका-५ दुबेकोलस्थित भदौरेबाट ढुंगा लिन चिण्डेश्वरातर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्रयाक्टरले किच्दा बुधबार सोही ठाउँका १३ वर्षीय वर्षीय रोशन विकको मृत्यु भएको हो।
भदौरेमा व्यक्तिको घरमा ढुंगा झारेर चिण्डेश्वरातर्फ जाँदै गर्दा सडक किनारामा कोल्टे परेर ट्याक्टर पल्टिँदा सोही ट्याक्टरबाट खसेका बालकको किचिएर मृत्यु भएको हो।
पल्टिएको ट्रयाक्टरबाट जमिनमा खस्ने बित्तिकै चक्काले किचेका बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताए। मृतक बालक सोही ट्रयाक्टरमा मजदुरी (लोडअनलोड) गर्दै आएका थिए। ट्रयाक्टर चालक रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका २१ वर्षीय रोशन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान सुरू गरिएको प्रहरी निरीक्षक शाहले बताए।

प्रकाशित मिति: माघ १९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend