बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–६ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका–८ का २७ वर्षीय बमबहादुर लेप्चा रहेका छन् । बुधबार बिहान १० बजे पूर्वतर्फ गइरहेको बा०३–००१ ख २१४० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–१५ प १७६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक लेप्चा र मोटरसाइकल पछाडि सवार सोही स्थानका २५ वर्षीय नारद लेप्चा घाइते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा बमबहादुरको मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक र चालक मकवानपुर भीमफेदीका सन्तोष निजारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृत प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।