विराटनगरः बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मोरङको सुन्दरहरैंचा नगरपालिका५ बाँसबारीबाट १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई बुधबार साँझ पक्राउ गरेको हो ।
५३ वर्षीय रामदेव चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्। उनले बालिकालाई बुधबार साँझ ५:३० बजेतिर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
ललाइफकाइ घरनजिकको बाँसघारीमा लगेर बलात्कार गरेको खुलेपछि चौधरीलाई प्रहरीले पक्राउ गरेरको हो। इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर प्रहरीले घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।