Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ को नामः किरात-कोशी वा कोशी-किरातलाई अघि सार्ने !

हाम्रो कोशी आवाज
माघ २० २०७८, बिहिबार
प्रदेश १ को नामः किरात-कोशी वा कोशी-किरातलाई अघि सार्ने !

विराटनगरः सत्तारूढ दल नेकपा माओवादी केन्द्रले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको छ ।
प्रदेश संसदमा रहेका दलहरूबीच मत भिन्नता भएको अवस्थामा ‘किरात’ प्रदेश र समझदारी भएको अवस्थामा ‘किरात–कोशी वा कोशी–किरात’ नामलाई अघि सार्ने भएको हो ।
‘किरात’ नाममाथि कुनै पनि हालतमा सहमति नभएको अवस्थामा भने समझदारी कायम गर्न ‘किरात–कोशी वा कोशी–किरात’ प्रदेश नामलाई अघि सार्ने माओवादीका प्रदेश सांसद धिरेन शर्मा ‘रमण’ ले बताए ।
माओवादीले राज्य पुनर्संरचनाको क्रममा प्रस्ताव गरेको चार गणराज्य लिम्बुवान, खम्बुवान, कोचिला र अवध हालको प्रदेश १ मा छन् । तर, यी चारवटै नामलाई सम्बोधन हुने गरी माओवादीले ‘किरात प्रदेश’ प्रस्ताव गरेको जनाएको छ । प्रदेश संसदमा छलफल हुँदै आएका नामहरू भने सगरमाथा, लिम्बुवान, खम्बुवान र विराट पनि हुन् ।

प्रकाशित मिति: माघ २० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend