धरानः झापाको मेची नगरस्थित काकडभिट्टामा भीषण आगलागी भएको छ ।
केही बेरअघिबाट सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको छैन । जुत्ता उद्योग (एसएस फुटवेयर) मा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल गएको र निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए ।
श्याम खेतान पिन्टुले सञ्चालन गरेको सो उद्योगमा बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरी जनाएको छ । आगलागी नियन्त्रणका लागि प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा खटिएका छन् ।
