Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पानीमा डुबेर बालकको मृत्यु

हाम्रो कोशी आवाज
माघ २० २०७८, बिहिबार
पानीमा डुबेर बालकको मृत्यु

उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका-७ स्थित नहरमा ३ वर्षीय बालकको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका-७ स्थितमा बस्दै आएका मधुसुधन अधिकारीको छोरा लेखनाथ अधिकारी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद सापकोटाले जानकारी दिए ।
बिहीबार दिउँसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुबी अचेत अवस्थामा रहेको अधिकारीलाई निजको आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ २० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend