Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गोरखा डिपार्टमेन्टअगाडि पार्किङ गरेको मोटरसाइकल चोर्ने तीनजना समातिए

हाम्रो कोशी आवाज
माघ २१ २०७८, शुक्रबार
गोरखा डिपार्टमेन्टअगाडि पार्किङ गरेको मोटरसाइकल चोर्ने तीनजना समातिए

सुनसरीः इटहरीको गोरखा डिपार्टमेन्टलअगाडि रोकिराखेको मोटरसाइकल चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका ५ बस्ने वर्ष २१ को सुशान्त चौधरी, वर्ष ३७ को बुद्धिमान श्रेष्ठ र इटहरी–८ गैसार बस्ने वर्ष २७ को मनिष चौधरी रहेका छन् । चौधरी र श्रेष्ठलाई पक्राउ गरी प्रारम्भिक सोधपुछको क्रममा मोटरसाइकल चोरी कार्यमा मनिषको समेत संलग्न रहेको भनेर उनीहरुले बताएपछि उनी पनि पक्राउ परेका थिए ।
गत १४ गते दिउँसो मोरङको रङ्गेली बस्ने पंकज झा कोप्र१–०२–०४४प८१०१ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल हराएको थियो ।
सो मोटरसाइकल खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय रंगेली मोरङको डानिया चौकमा फेला परेको थियो । उनीहरुमाथि चोरी मुद्दामा दिन ७ को म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ २१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend