Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भेडेटारनजिकको पर्यटकीय नाम्जेको सङ्ग्रहालय लथालिङ्ग

हाम्रो कोशी आवाज
माघ २१ २०७८, शुक्रबार
भेडेटारनजिकको पर्यटकीय नाम्जेको सङ्ग्रहालय लथालिङ्ग

धनकुटाः धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जेस्थित निर्माणाधीन बहुसांस्कृतिक सङ्ग्रहालय लथालिङ्ग अवस्थामा काम रोकिएको छ ।
निर्माण थालिएको तीन वर्ष हुँदासमेत बजेट अभाव भएपछि सङ्ग्रहालय निर्माणको काम रोकिएको हो । सङ्ग्रहालय निर्माणका लागि प्रदेश–१ सरकारले ७० तथा गाउँपालिकाले ३० प्रतिशत रकम ब्यहोर्ने सम्झौता भएको थियो । तर, प्रदेश–१ को भौतिक पूर्वाधार विकास मन्त्रालयले दुुई वर्षयता सङ्ग्रहालयका लागि बजेट उपलब्ध गराएको छैन ।
स्थानीय जातजातिको संस्कार संस्कृति, बाजागाजा र पोशाक संरक्षण–प्रवद्र्धनका लागि संग्रहालय बनाउन शुरु गरिएको थियो । तर, अहिले केही संरचना बने पनि अधिकांश संरचना लथालिङ्ग अवस्थामा रहेका छन् ।

प्रकाशित मिति: माघ २१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend