बिर्तामोडः झापाको मेचीनगर नगरपालिका १५ बाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाउँका २५ वर्षीय मो.सुल्तान र २७ वर्षीय रन्जीत गणेश रहेका छन् । प्रहरी चौकी ज्यामिरगढी झापाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर १५ ग्रामसहित पक्राउ गरिएको हो ।
यस्तै, दमक नगरपालिका १ डाँडागाउँ एकता टोलका २६ वर्षीय प्रकाश सिटौलालाई लागूऔषधसहित पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट नाइट्राभेट–७५ ट्याब्लेट र स्कुफ १०० एमएलको ७ बोतल फेला पारेको थियो । पक्राउ परेका सिटौलालाई इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।