Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश-१ मा को को बने मन्त्री ? (नामावलीसहित)

हाम्रो कोशी आवाज
माघ २३ २०७८, आइतबार
प्रदेश-१ मा को को बने मन्त्री ? (नामावलीसहित)

विराटनगरः प्रदेश नम्बर–१ का मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । योसँगै प्रदेश–१ सरकार १४ सदस्यीय भएको छ । आज आठ मन्त्री थपिएका हुन् । यसैबीच नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
मुख्यमन्त्री राईले आजै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। आइतबारको मन्त्रिपरिषद् विस्तारसँगै अब प्रदेश १ को मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ। निवनियुक्त मन्त्रीहरू खानेपानी‚ सिँचाइ तथा ऊर्जामन्त्रीमा रामकुमार राई‚ सामाजिक विकासमन्त्रीमा राजन राई‚ पर्यटन तथा सांस्कृति मन्त्रीमा खिनु लङ्वा लिम्बू‚ कृषिमन्त्रीमा झलकबहादुर मगर‚ वन‚ वातावरण तथा भू-संरक्षणमन्त्रीमा शेखर चन्द्र थापा‚ उद्योग‚ श्रम तथा रोजगारमन्त्री ओमप्रशाक सरावगी‚ भूमि व्यवस्था‚ सहकारी तथा गरिबी निवारणमन्त्रीमा प्रतापप्रकाश हाङगाम र यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा उपेन्द्र प्रसाद घिमिरेले शपथ लिएका हुन्।
जयराम यादवले यसअघि सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा पाएका थिए भने अहिले उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबाट तीन तीन र माओवादी केन्द्रबाट दुईजना मन्त्री बनेका हुन्। एकीकृत समाजवादीबाट राजन राई, खिनु लङ्वा लिम्बु र उपेन्द्र घिमिरे, माओवादी केन्द्रबाट रामकुमार राई र झलकबहादुर मगर र कांग्रेसबाट प्रतापप्रकाश हाङगाम, ओमप्रकाश सराबगी र शेखरचन्द्र थापा मन्त्री बनेका हुन्।

प्रकाशित मिति: माघ २३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend