Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चार युवा ब्राउन सुगरसहित समातिए

हाम्रो कोशी आवाज
माघ २३ २०७८, आइतबार
चार युवा ब्राउन सुगरसहित समातिए

विराटनगरः कानेपोखरी गाउँपालिका ५ स्थितबाट लागूऔषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ बेलवारी नगरपालिका ७ का ३३ वर्षीय रूपक श्रेष्ठ, २६ वर्षीय कृष्ण रणपहेली, बेलबारी नगरपालिका ९ का २८ वर्षीय रामदेव चौधरी र कानेपोखरी गाउँपालिका ५ का २१ वर्षीय रवि चौधरी रहेका छन् ।
प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषध ब्राउन सुगर ३ ग्राम ४० मिलिग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई लागूऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रकाशित मिति: माघ २३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend