बेलबारीः मोरङको बेलबारी नगरपालिका–१ सिनेमा हल अगाडिबाट हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको बेलबारी नगरपालिका–३ का ४३ वर्षीय रिक्तमान गुरुङले बेलबारी–१ सिनेमा हलअगाडि पार्किङ गरी राखेको अवस्थामा प्रदेश ३–०१–०२५ च ९७५० नम्बरको कार हराएको भनी इलाका प्रहरी कार्यालय बेलबारीमा हुलिया निवेदन दिएकोमा खोजतलास गर्ने क्रममा सुन्दरहरैंचा नगरपालिका–७ विश्वकर्मा मन्दिरमा सो कार फेला परेको थियो ।
कार फेला परेसँगै कारमा रहेका बेलबारी नगरपालिका–३ का ३६ वर्षीय सुरज गुरुङ, केराबारी–१० का २५ वर्षीय तेजकुमार मगर र केराबारी–७ का २६ वर्षीय नगेन्द्र लिम्बूलाई नियन्त्रणमा लिएको थियो ।
कार चेकजाँच गर्ने क्रममा लागूऔषध डाइजापाम ११ एम्पुल, एभिल ९ एम्पुल, फेनारगन १० एम्पुल र लुपिजेसिक १० एम्पुल गरी जम्मा ४० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । लागूऔषधसहित पक्राउ परेका उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।