संखुवासभाः खाँदबारी नगरपालिका–९ सोमबार बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
बिहान साढे ६ बजेको समयमा खाँदबारीबाट सभाखोलातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ४३० नम्बरको ट्रक आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका चालक गोरखाका २४ वर्षीय मिलन मग्रातीको मनकामना हस्पिटल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभालले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पुर्याएर फर्कदै गर्दा सभाखोला नजिकैको घुम्तीमा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा परेर ट्रक कच्याककुचुक समेत बनेको थियो ।