Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका तीनजनालाई राजश्व छलीको मुद्दा

हाम्रो कोशी आवाज
माघ २४ २०७८, सोमबार
धरानका तीनजनालाई राजश्व छलीको मुद्दा

धरानः राजश्व चुहावटको आरोपमा धरानका तीनजनासहित मुद्दा दायर गरिएको छ ।
राजश्व अनुसन्धान विभागको इटहरी कार्यालयले धरानका तीनजनासहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो । कार्यालयले सूर्य मेटल इण्डष्ट्रिजका अध्यक्षसहित चारजना विरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको हो ।
सूर्य मेटल इण्डष्ट्रिज प्रालि धरानका अध्यक्ष धरान उपमहानगरपालिका वडा नं १० बस्ने वर्ष ६७ का उत्तमकुमार ताम्राकार, सोही प्रालिका सञ्चालक धरान–२ बस्ने वर्ष ७३ का चन्द्रेश्वरी ताम्राकार, धरान–५ बस्ने वर्ष ४३ का अनुप ताम्राकारसहित इटहरीका एक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो ।
इटहरी उपमहानगरपालिका वडा नं ६ बस्ने वर्ष ६६ का निर्मलकुमार ताम्राकारविरुद्ध मुद्दा दायर गरिएको जनाइएको छ । कार्यालयले चार जनाविरुद्ध १२ करोड १९ लाख ४० हजार ६४३ रुपैयाँ बिगोसहित २४ करोड ३८ लाख ८१ हजार २८६ रुपैयाँ सजायको माग दाबी गरी मुद्दा दायर गरेको हो ।
उनीहरुले विनाबिल बिजक र गैर कर बिजकबाट मालवस्तुहरुको कारोबार गरी प्रचलित मूल्य अभिवृद्धि कर ऐन तथा आयकर ऐन, नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको राजश्व अनुसन्धान कार्यालयको आरोप छ ।

प्रकाशित मिति: माघ २४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend