Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

करेन्ट लागेर एकजनाको ज्यान गयो

हाम्रो कोशी आवाज
माघ २४ २०७८, सोमबार
करेन्ट लागेर एकजनाको ज्यान गयो

ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका–५ मा विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ का ४८ वर्षीय सूर्यप्रकाश लिम्बूको मृत्यु भएको छ ।
सोमबार बिहान साढे ११ बजेको समयमा सो स्थानमा रहेको विद्युतको पोलमा चढेर तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका लिम्बूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो । सो स्थानमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ २४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend