सुनसरीः सुनसरीको कोशी गाउँपालिका ८ स्थित भण्टाबारी बजारबाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका १२ का २९ वर्षीय धनकुमार विश्वकर्मा रहेका छन् । सीमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई डाइलेक्स डिसी २ बोतल, स्पास्मो प्रोक्जोभिन प्लस ३२ ट्याब्लेट, निराभेट ३० ट्याब्लेट, नाइट्रोजन १० ५० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।