Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका कृषकलाई खेतबारी जोत्ने मेसिन प्रदान

हाम्रो कोशी आवाज
माघ २५ २०७८, मंगलबार
धरानका कृषकलाई खेतबारी जोत्ने मेसिन प्रदान

धरानः धरानका कृषकलाई चार थान खेतबारी जोत्ने पावर ट्रिलर उपमहानगरपालिकाले प्रदान गरेको छ ।
मङ्गलबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वडा नं. ४ का साना किसान तथा सहकारी संस्था लि, वडा नं. ५ का श्री जरिआहाल सामुदायिक कृषक समूह, वडा नं. ६ का गंगाधन बहुउद्देश्यीय कृषि फर्म र वडा नं. २० का चक्रकुण्ड सहकारी संस्था लिमिटेडका कृषकलाई पावर ट्रिलर हस्तान्तरण गरे ।
कृषि शाखा अधिकृत भक्तिराज शर्माले धरान उपमहानगरपालिकाले यहाँ रहेका कृषकहरुको व्यवसाय प्रर्वद्धन र सहजताका लागि आधुनीकिकरण कार्यक्रमअन्तर्गत विभिन्न प्याकेजहरु ल्याएको हो । तीमध्ये पनि किसानहरुको पेशालाई प्रर्वद्धन गर्नका निम्ति खेतबारी जोत्ने पावर ट्रिलर कृषकहरुलाई प्रदान गरिएको बताए ।
उनले कृषकहरुको २५ प्रतिशत लगानी र नगरपालिकाको ७५ प्रतिशत लगानीमा प्रतिकोटा ६४ हजार रुपैयाँमा पावर ट्रिलर खरिद गरिएको जानकारी दिए । मेयर राईले धरानका वडा नं. ४, ५, ६ र २० कृषि जोनको रुपमा बताए ।
त्यस क्षेत्रका किसानहरुलाई कृषिका सामग्रीहरू उपमहानगरपालिकाले सहयोग गर्दै आइरहेको पनि मेयर राईले स्मरण गराए । मेयर राईले स्थानीय तहबाट प्राप्त भएको मेशिनरी औजार, मल, बिउविजनहरूको अधिकतमरूपमा सदुपयोग गरेर उत्पादन गर्न पनि सुझाव दिए । मेयर राईले अनुदान लाने कृषकले आफ्नो वरपरका छरछिमेकलाई सहयोग गर्नुका साथै प्राविधिक ज्ञान हस्तान्तरण गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति: माघ २५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend