Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ को नाम ‘लिम्बुवान-किरात’ हुनुपर्ने भन्दै मुख्यमन्त्रीलाई ज्ञापन

हाम्रो कोशी आवाज
माघ २५ २०७८, मंगलबार
प्रदेश १ को नाम ‘लिम्बुवान-किरात’ हुनुपर्ने भन्दै मुख्यमन्त्रीलाई ज्ञापन

धरानः प्रदेश नम्बर १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाइएको छ ।
लिम्बुवान–किरात सङ्घर्ष समितिको ३० घटक सङ्गठनको संयुक्त हस्ताक्षरसहित मङ्गलबार मुख्यमन्त्री कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।
नेकपा माओवादी केन्द्रसम्वद्ध लिम्बुवान राष्ट्रिय मोर्चाका संयोजक मुक्सामहाङ मेन्याङ्बो, जसपा नेपाल राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनलगायत लिम्बुवान–किरात संयुक्त सङ्घर्ष समितिका घटकहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले प्रदेश १ को भौगोलिक अवस्था, सामाजिक, सांस्कृति, आन्दोलनहरु, लिम्बुवान आन्दोलनको क्रममा विगतमा नेपाल सरकारसँग पटकपटक भएका सहमतिहरु र सातसातको क्रान्ति हुँदै जनयुद्ध, जनआन्दोलन, लिम्बुवान आन्दोलन, मधेश आन्दोलन, किरात आन्दोलन, आदिवासी जनजाति आन्दोलनले स्थापित गरेका मुद्दाहरुलाई मध्यनजर गर्दै अहिलेलाई संयुक्त पहिचानको आधारमा ‘लिम्बुवान–किरात प्रदेश’ नाम राख्नु पर्ने माग गरेका हुन् ।

प्रकाशित मिति: माघ २५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend