सुनसरीः सुनसरीमा दुर्घटना भएको छ ।
मङ्गलबार राति करिब ९ बजेदेखि दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार दुर्घटनामा सप्तरीको हनुमाननगर–कङ्कालिनी–५ का ५० वर्षीय दिलीप मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते बनेका उनको उपचारका क्रममा राति १० बजे मृत्यु भएको हो ।
पूर्व–पश्चिम लोकमार्गको कोशी गाउँपालिका–६ मा स्कारपियो गाडी दुर्घटनामा परेको थियो । इनरुवातर्फ आउँदै गरेको प्र२–०१–००१च००३१ नम्बरको स्कारपियो गाडी सडकमा रोकेर राखिएको बिआर ०१ जिए ४४८३ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किएको थियो । अनियन्त्रित बनेको स्कारपिओ फेरि ना७ख ५८३ नम्बरको ट्रकमा पनि ठोक्किएको प्रहरीले जनाएको छ ।
खतिवडाका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा राति १० बजेतिर मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँचजना घाइते समेत भएका छन् ।
दुर्घटनामा दुर्घटनामा सप्तरीको हनुमाननगर–कङ्कालिनी–५ का ४८ वर्षीया रामकुमारीदेवी रजक, ५० वर्षीय उमेशकुमार साफी, ४४ वर्षीय रामकुमार राजक, ६० वर्षीय लक्ष्मण साफी र ३६ वर्षीय राजेश मेहता घाइते बनेका छन् । उनीहरुको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कारपियोका चालक फरार छन् । तीब्र गतिका कारण स्कारपियो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।