Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इलामको सुकिलुम्बा विमानस्थलमा जहाज सुरक्षित अवतरण

हाम्रो कोशी आवाज
माघ २६ २०७८, बुधबार
इलामको सुकिलुम्बा विमानस्थलमा जहाज सुरक्षित अवतरण

इलाम: सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ । नेपाल एयरलाइन्सको ट्वीनअटर विमानबाट बुधबार परीक्षण उडान भएको हो ।
नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार जहाज बिहान १० बजे विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।
पहाडी इलाकामा निर्मित यो सबैभन्दा कान्छो विमानस्थल हो । काठमाडौंबाट ५५ मिनेटको उडानमा जहाज इलाम पुगेको हो ।
यो विमानस्थलमा तारा एयरले १२ वटा उडान गर्ने गरी जिम्मेवारी लिइसकेको छ । इलाम नगरपालिकासँगको सहकार्यमा ताराले जहाज उडाउने भएको छ ।
इलामका लागि नियमित उडानको भाडा काठमाडौंबाट ८ हजा ७ सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: माघ २६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend