Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकलबाट लड्दा ट्रकले किचेर श्रीमतीको मृत्यु, श्रीमान सकुशल

हाम्रो कोशी आवाज
माघ २६ २०७८, बुधबार
मोटरसाइकलबाट लड्दा ट्रकले किचेर श्रीमतीको मृत्यु, श्रीमान सकुशल

बिर्तामोडः झापामा एक महिलाको दुर्घटनामा मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका बस्ने ५३ वर्षीया हिमादेवी दाहाल रहेकी छिन् । उनलाई ट्रकले किचेको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकका अनुसार गौरादह पाडाजुङ्गी सडक खण्डअन्तर्गत गौरादह नगरपालिका–१ मा प्रदेश १–०१–०१४ प ३३२६ मोटरसाइकलमा सवार महिला हिमादेवी सडकमा अचानक लड्दा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे१ख २६९८ नम्बरको धान बोकेको ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक मृतकका श्रीमान् ५६ वर्षीय नन्दलाल दाहाल भने सकुशल छन् ।

प्रकाशित मिति: माघ २६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend