Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दूधको मूल्य ९ रुपैयाँ बढ्यो, भोलिदेखि नै लागू हुने

हाम्रो कोशी आवाज
माघ २७ २०७८, बिहिबार
दूधको मूल्य ९ रुपैयाँ बढ्यो, भोलिदेखि नै लागू हुने

धरानः दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढेको छ ।
प्रशोधित स्ट्यान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरिएको दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक रुद्रप्रसाद पौडेलले बताए ।
सरकारले किसानले पाउने गरी कच्चा दूधको मूल्य प्रतिलिटर ६.५२ रुपैयाँ बढाएर ५६.५२ रुपैयाँ पुर्‍याएपछि उपभोक्ता मूल्य समेत बढेको हो ।
बढेको मूल्य शुक्रवारदेखि नै लागू हुने डीडीसीले जानकारी दिएको छ । मूल्य बढेसँगै अब बजारमा उपभोक्ताले किन्ने दूध प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: माघ २७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend