Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

महालक्ष्मी नगरपालिकाको आठौं नगरसभा सम्पन्न

हाम्रो कोशी आवाज
माघ २८ २०७८, शुक्रबार
महालक्ष्मी नगरपालिकाको आठौं नगरसभा सम्पन्न

धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
नगर सभाले तीन वटा ऐन तथा प्रस्ताव पास गरेको छ । सभाध्यक्ष नेपालले सभामा पेश भएका एजेण्डाहरुमाथि सभा सदस्यहरुलाई वोल्ने समय दिएका थिए । उनीहरुले आ–आफ्नो धारणा राखे । सभामा पालिकाका जनप्रतिनिधिहरुको साँढे ४ बर्षे कार्यकालको समिक्षा पनि गरिएको छ । सो अवसरमा वोल्ने वक्ताहरुले कार्यकाल उपलब्धिमूलक भएको धारणा राखेका छन् ।
कतिपय अवस्थामा बजेट अभावले सोचे अनरुप काम गर्न नसकिएको जनप्रतिनिधिहरुले बताए । तरपनि सिमित स्रोत साधन र बजेटमा उपलब्धिमूलक काम भएको उनीहरुको भनाई छ । नगर सभामा सभाध्यक्ष एवं नगर प्रमुख नेपाल र उप–प्रमुख मञ्जु अधिकारीले हालसम्म नगरले गरेका मुख्य–मुख्य कामहरुको बारेमा जानकारी गराएका छन् । सभामा उप–प्रमुख अधिकारीले मन्तब्यमार्फत नगरसभाका सदस्यहरुलाई स्वागत गरेकी थिइन् ।
२०७४ सालमा तीन चरणमा स्थानीय तह निर्वाचन भएको थियो । ०७४ असार १४ गते भएको निर्वाचनबाट महालक्ष्मीमा जनप्रतिनिधिहरु निर्वाचित भएका हुन् । उनीहरुको पाँच बर्षे कार्यकाल सकिन लागेको छ । सरकारले आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचन घोषणा गरेकाले वर्तमान जनप्रतिनिधिहरुको यो अन्तिम नगर सभा हो ।

प्रकाशित मिति: माघ २८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend