बिर्तामोडः झापाको कमल गाउँपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा शिवशताक्षी–८ का ४१ वर्षीय नरबहादुर गहतराज रहेका छन । पूर्वतर्फ जाँदै गरेको मे.१च ११६७ नम्वरको बोलेरोले विपरीत दिशातर्फ आउँदै गरेको मे६प २७१६ नम्बरको स्कुटीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक गहतराजको उपचारको क्रममा दमक लाइफलाइन अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न चालक मोरङ रंगेलीका दीपक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।