Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको अर्को नगरसभा बैठक फागुन ३ गते

हाम्रो कोशी आवाज
माघ २८ २०७८, शुक्रबार
धरानको अर्को नगरसभा बैठक फागुन ३ गते

धरानः धरान उपमहानगरपालिकाको १० औं नगरसभाको दोस्रो बैठक फागुन ३ गते हुने भएको छ ।
शुुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटोरियम हलमा शुरु भएको नगर सभाको उद्घाटन समारोहमा विधेयक, आचारसंहिता र ऐन संशोधनको प्रस्वाव पेश भएपछि स्थगित भएको हो ।
१० औं नगर सभाको दोस्रो बैठक फागुन ३ गते सुनसरी उद्योग वाणिज्य संघको हलमा हुने गरी नगरसभाका सभाध्यक्ष एव नगर प्रमुख तिलक राईले स्थगित भएको घोषणा गरे । नगरसभाको पहिलो बैठकमा उपमहानगरपालिकाका पदाधिकारीहरुको आचारसंहिता २०७८ पेश भएको छ भने शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ र सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयक २०७८ प्रस्तुत भएको छ ।
यस्तै, ९ औं नगरसभाले स्वीकृत गरेको आर्थिक ऐन २०७८ र विनियोजन ऐन २०७८ मा केही बुँदा संशोधन गर्न पनि प्रस्ताव पेश भएको छ । प्रस्ताव पेश भएपछि शुन्य समयमा बोल्न कोही पनि इच्छुक नभएपछि नगरसभा फागुन ३ गते हुने गरी स्थगित भएको वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले बताए ।
उद्घाटन समारोहका प्रमुख अतिथि एवं संघीय सांसद जयकुमार राईले ५ वर्षे कार्यकाल सफल भएको भन्दै धरान उपमहानगरपालिका प्रदेश १ मा सबैभन्दा उत्कृष्ट कार्यसम्पादन गर्ने नगरको रुपमा चिनिएको बताए । साथै, उनले मुलुकर नै धरानको कार्यसम्पादनमा चर्चा भएको पनि जनाए । यस्तै, नगर सभामा प्रदेश सभा सदस्यद्वय उमिता बराइली र सावित्री जोशीको पनि उपस्थिति रहेको थियो । उनीहरुले संविधानले स्थानीय सरकारलाई दिएको अधिकार कुण्ठित गरेको बताइन् । साथै, उनीहरुले धरानको विकासमा एकजुट भएर लाग्न पनि आग्रह गरिन् ।

प्रकाशित मिति: माघ २८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend