Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झापामा मगमग चाउचाउ उद्योगमा आगलागी

हाम्रो कोशी आवाज
माघ २९ २०७८, शनिबार
झापामा मगमग चाउचाउ उद्योगमा आगलागी

बिर्तामोडः झापाको चीनगर-१४ दुहागढीमा रहेको मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ । शनिबार बिहान ४ बजेदेखि उद्योगमा आगो लागेको हो ।
आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकलको प्रयोग गरिएको इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए । आगो अझै नियन्त्रणमा आइनसकेको दाहालले बताए ।
ठूलो सङ्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी आगो निभाउन प्रयासरत छन् । २०७५ सालमा एक अर्ब रुपैयाँको लगानीमा स्थापना भएको यो उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो ।
उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएको जानकारी दिए । आगलागीबाट मानवीय क्षति भने नभएको उनले बताए ।

प्रकाशित मिति: माघ २९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend