Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खोलामा घाइते भेटिएका साइकलयात्रीको मृत्यु

हाम्रो कोशी आवाज
माघ २९ २०७८, शनिबार
खोलामा घाइते भेटिएका साइकलयात्रीको मृत्यु

विराटनगरः मोरङको जहदा गाउँपालिका ४ रामचौकस्थित लोहन्द्रा पुलमुनि खोलामा घाइते भेटिएका साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३५ वर्षीय राजेश ऋषिदेव रहेका छन् । ऋषिदेव घाइते अवस्थामा रहेको जानकारी पाएलगत्तै सिमा प्रहरी चौकी पोखरियाबाट प्रहरी टोली खटी गई घाइतेलाई उद्दार गरी उपचारको लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । घाइते ऋषिदेवको उपचारको क्रममा शुक्रबार राति पौने ८ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रकाशित मिति: माघ २९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend