Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झापाको चाउचाउ उद्योगमा आगलागी, अर्बभन्दा बढीको क्षति अनुमान

हाम्रो कोशी आवाज
माघ २९ २०७८, शनिबार
झापाको चाउचाउ उद्योगमा आगलागी, अर्बभन्दा बढीको क्षति अनुमान

बिर्तामोडः झापाको चिज बल्स र चाउचाउ उद्योग मनसा थाई फुड्स प्रालिमा शनिबार बिहान ठूलो आगलागी भएको छ। मेचीनगर नगरपालिका(१४ दुवागढीमा रहेको उद्योगमा बिहान ४ बजेदेखि आगलागी भएको हो।
उद्योग सञ्चालक बुद्धिप्रकाश घिमिरेका अनुसार उद्योग परिसरमा रहेको ९० प्रतिशतभन्दा बढी प्रोपर्टी नष्ट भएको छ । उनले एक अर्बभन्दा बढी क्षति भएको बताएका छन् ।
उनका अनुसार ब्वाइलर र खाने तेलको ट्यांकी आगोबाट जोगिएपनि तेलमा धुवाँ पसिसकेकाले प्रयोग गर्न अयोग्य भइसकेको छ। कारखानामा रहेका तयारी सामग्री कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, र्यापर लगायतका सबै सामग्री नष्ट भएका छन् ।
त्यस्तै उदयोगका प्लान्टहरु पनि आगोले ध्वस्त भएका छन्। उद्योग परिसरमा भएका ३ मुख्य भवनमध्ये एउटा मात्र बचेको छ।

प्रकाशित मिति: माघ २९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend