Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन १ २०७८, आइतबार
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–१३ सुगम टोलको फूलबासा खोलामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ५० वर्षीय मानबहादुर बराइली रहेका छन् । बराइलीले आफ्नै घरबाट बिजुलीको तार जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका उनको उपचारको लागि बिर्तामोड लगिएकोमा बाटैमा मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन १ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend