बिर्तामोडः झापाको भद्रपुर नगरपालिका–६ नँया बस्तीबाट कटुवा पेस्तोलसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–६ का २४ वर्षीय मुगालाल माझी रहेका छन् । आइतबार गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी निरीक्षक दलकुमार राईको टोलीले माझीको घरमा खानतलासी गर्दा झोलामा लुकाइराखेको अवस्थामा एकथान कटुवा पेस्तोल बरामद गरेको हो ।
कटुवा पेस्तोलसहित पक्राउ परेका माझीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।