Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अनि बनाए धरानका युवाले गाडी

हाम्रो कोशी आवाज
फाल्गुन १ २०७८, आइतबार
अनि बनाए धरानका युवाले गाडी

धरानः धरान-६ पानबारीका विक्रम परियारले कक्षा-६ पनि पढेका होइनन् । तर उनको इच्छाशक्ति भने छ । त्यही इच्छाशक्तिकै कारण उनले गाडी बनाएका छन् ।
उनले बनाएको गाडीले अहिले सो ठाउँभरी चर्चा पाएको छ । सानैदेखि गाडी बनाउने सौख पालेका उनले अहिले आएर गाडी बनाएर कुदाउन थालेका हुन् ।
खासमा उनी पानबारी बजारमा ‘पानबारी सर्भिस सेन्टर एण्ड पार्टस’ नामको मोटरसाइकल वर्कसप चलाउँछन् । कोरोना महामारीका कारण लकडाउन भयो । लकडाउनमै समयको सदुपयोगका लागि भनेर उनले गाडी बनाउन थालेका थिए । ‘सानैदेखि गाडी बनाउने सोख पालेको थिएँ’, उनले भने, ‘लकडाउनको बेला अब फुर्सद भयो, त्यतिबेला नै समय सदुपयोग गर्दै गाडी बनाउन लागें, करिब दुई महिना लगाएर सकाएँ ।’
गाडी बनाउने आफ्नो सौख पनि रहेको, कसैको मोटरसाइकल बिग्रिए बोकेर ल्याउनुपर्ने हुनाले पनि यस्तो गाडी तयार पारेको उनले बताए । उनले अहिले नजिकका स्थानबाट यस्तै कामहरु गर्ने साथै व्यक्तिगत प्रयोजनका लागि पनि प्रयोग गरिरहेका छन् ।
उनले गाडी बनाउन करिब दुई लाख रुपैयाँ खर्चिएको बताए । उनले अहिले बनाएको सो गाडीमा पुराना पार्टपुर्जामारुतीको क्राउड, स्टेयरिङ, डिस्क, गेयर बक्स, फलामको चेसिज, बडी, टायर फ्याटफ्याटेको, अपाचेको १८० सिसीको इन्जिन लगाएर कुद्ने गाडी तयार गरेको बताएका छन् । उनले अधिकांश पुराना पार्टपुर्जा प्रयोग गरेको बताए ।
भविष्यमा साइकलमा इन्जिन जोडेर सहज तरिकाले गुड्ने बनाउने साथै अझै परिस्कृत र पावर भएको अर्को गाडी बनाउने लक्ष्य रहेको उनले सुनाए । ‘खासमा यो गाडीलाई पनि डेन्टिङ, पेन्टिङ गर्न बाँकी नै छ, यसलाई पनि पेन्टिङलगायतको कार्य गरेर शोरुमबाटै झिकेको जस्तो बनाउनेछु, त्यतिबेला मानिसले चिन्दैनन्, यो बनाएकै हो कि, स्वरुमबाट झिकेको’, उनले थपे, ‘यसको साथै साइकलमा इन्जिन जोडेर गुड्ने बनाउने र अझै परिस्कृत र पावरवाला गाडी बनाएर देखाउनेछु ।’

प्रकाशित मिति: फाल्गुन १ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend