Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब बिजुलीको मिटर अभाव नहुने, अन्धकारमा बस्नु नपर्ने

हाम्रो कोशी आवाज
फाल्गुन १ २०७८, आइतबार
अब बिजुलीको मिटर अभाव नहुने, अन्धकारमा बस्नु नपर्ने

धरानः विद्युत मिटर अभावका कारण ग्राहकहरुलाई रित्तो हात फर्काउनुपर्ने नेपाल विद्युत प्राधिकरणको बाध्यताको अन्त्य हुने भएको छ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ४० हजारवटा मिटर आइपुगेकाले आवश्यकता अनुसार वितरण सुरु गरिने बताए। उनका अनुसार एक लाख वटा मिटर आइपुग्ने प्रक्रियामा भएकाले मिटर अभावको समस्या अब नहुने उनको जिकिर छ।
प्राधिकरणले पछिल्लो लगभग पाँच महिनादेखि मिटरको स्टक सकिएकाले ग्राहकहरुलाई उपलब्ध भएपछि दिने भन्दै फर्काउँदै आएको छ। यही कारण वितरण केन्द्रहरुमा मिटरको अभावपछि विद्युत कनेक्सन लिन चाहने ग्राहकहरुको निवेदनको चाङ लागेको थियो।
प्राधिकरणले चार महिनाभित्र आपूर्ती दिइसक्ने गरी सात लाख मिटर खरिदका लागि भारतीय कम्पनी पावर इन्फ्रास्ट्रक्चर इण्डिया इनर्जीलाई जिम्मा दिइएको थियो। कम्पनीले पहिलो चरणमा ५० हजार त्यसपछि एक लाखका दरले मिटर उपलतब्ध गराउने सहमती प्राधिकरणसंग गरेको थियो।
‘आइपुगेका मिटरहरुको अहिले परिक्षण भैरहेको छ। साता-दश दिनमा हामी वितरण केन्द्रहरुमा आवश्यकता अनुसार पठाउन थाल्छौं,’ प्राधिकरणका उपकार्यकारी निर्देशक सुरेश बहादुर भट्टराइले भने, ‘एक दुई दिन पठाउन समय लाग्न सक्छ। तर मिटरको समस्या अब हुँदैन।’ मिटर प्राधिकरणले तोकेको मापदण्ड अनुसार भए/ नभएको परिक्षण गर्न लागिएको हो।
प्राधिकरणले करिब ६० लाख अमेरिकी डलरमा चार लाख मिटर खरिद गर्ने जिम्मा भारतीय कम्पनीलाई दिएको हो। एउटा मिटरको क्षमता अनुसार ९ देखि १० डलरसम्म परेको प्राधिकरणले जनाएको छ। प्राधिकरणमा वर्षेनी ३ लाख ग्राहक थपिने गरेका छन्। सोही अनुपातमा मिटरको आवश्यकता पर्ने प्राधिकरणले जनाएको छ।
समयमा ठेक्का निकाल्न नसक्नु, निकालिएको ठेक्का रद्ध गर्नुपर्ने लगायतका कारण प्राधिकरणले समयमा मिटर खरिद गर्न सकेको थिएन।

प्रकाशित मिति: फाल्गुन १ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend