धरानः अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालू आर्थिक वर्षको छ महिनामा भ्रष्टाचार सम्बन्धी सात हजार ५७० वटा उजुरी परेका छन् । आयोगको तथ्याङक अुनुसार साउनदेखि माघ महिनासम्म विभिन्न स्रोतहरुबाट भ्रष्टाचार सम्बन्धीका उजुरी परेका हुन् ।
आयोगमा अनलाइनबाट पनि उजुरी आउने गर्छन् । आयोगको वेभसाइट र अन्य फेसबुक, इमेल, ट्वीटर, भाइबर, हटलाइन, टोल फ्री नम्बर र हुलाक बाट बाट पनि उजुरी गर्न मिल्छ । टंगाल बाहेक अन्य आठ कार्यालयबाट पनि उजुरी गर्न मिल्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता वेद प्रसाद भण्डारीले जानकारी दिए ।
उनले भने, ‘सूचना प्रणालीको एकीकृत प्रणालीबाट उजुरी दर्ता गरिन्छ । हामीले त्यो उजुरीको जेनेरेटाइज गर्छौ । सिस्टम मै जेनेरेटाइज हुन्छ । उजुरी आएको जानकारी आएपछि छानबिनको प्रक्रिया सुरु हुन्छ । उजुरी जहाँ दर्ता भए पनि एकिकृत रुपमा काठमाडौं नै ल्याइन्छ । यहाँ बाट नै छानबिन र जिम्मेवारी तोकिन्छ ।’
उनका अनुसार आयोगमा नेपालबाट मात्र नभएर विदेशबाट पनि उजुरी आउने गर्छन् । उनी भन्छन्, ‘नेपालीहरू विदेशमा पनि छन् । उनिहरूका सरोकारका विषय पनि हुन्छन् । श्रमका विषयमा पनि उजुरी हुन्छन् ।’
अनलाइन उजुरीको व्यवस्था आएदेखि मानिसलाई सहज भएको र आयोगमा उजुरी पनि बढ्न थालेको उनी बताउँछन् । उनी भन्छन्, ‘अहिले मानिसहरू धेरै सक्रिय भएका छन् । प्रविधिले सबैलाई सहज बनाएको छ । पहिले उजुरी गर्न आयोग मै पुग्नु पथ्र्यो । प्रविधिले अनलाइनबाट पनि उजुरी गर्न सक्ने रै छ भन्ने ज्ञान दिएको छ । जसले गर्दा पछिल्लो समयमा आयोगमा भ्रष्टाचारका उजुरी पनि बढेका छन् ।
अख्तियार दुरुपयोग अुनसन्धान आयोगको तथ्याङक हेर्ने हो भने चालू आर्थिक वर्षको साउन महिनामा मात्र १६३२ वटा उजुरी परेका छन् । जसमा सबैभन्दा बढी लिखित निवेदनबाट ५६६ वटा, हुलाक सेवाबाट ३५० वटा, इमेलबाट ३११ वटा,आयोगको वेभसाइटबाट २१६ वटा, टेलिफोनबाट ७३ वटा, समाचार पत्रबाट ६४ वटा, मोबाइल एपबाट ३० वटा र फेसबुकबाट २२ वटा उजुरी परेको हो ।
यसैगरी भदौ महिनामा विभागमा मात्र १६३२ वटा उजुरी परेका छन् । लिखित निवेदनबाट ४४२ वटा, हुलाक सेवाबाट २९१ वटा, इमेलबाट २५९ वटा,आयोगको वेभसाइटबाट १८४ वटा, टेलिफोनबाट ७० वटा, समाचार पत्रबाट २७ वटा, मोबाइल एपबाट १६ वटा र फेसबुकबाट ७ वटा र भाइबरबाट एउटा उजुरी परको तथ्याङकमा उल्लेख छ ।
आयोगको तथ्याङक अनुसार असोजमा विभिन्न स्रोतहरुबाट १०१९ वटा उजुरी परेका छन् । लिखित निवेदनबाट ३२० वटा, हुलाक सेवाबाट २६१ वटा, इमेलबाट १७७ वटा, आयोगको वेभसाइटबाट १८३ वटा, टेलिफोनबाट ४८ वटा, समाचार पत्रबाट १२ वटा, मोबाइल एपबाट ८ वटा र फेसबुकबाट ९ वटा उजुरी परेको हो ।
अख्तियार अुनसन्धान आयोगमा कात्तिक महिनामा ८४० वटा उजुरी परेका छन् । जसमा लिखित निवेदनबाट १९७ वटा, हुलाक सेवाबाट २३४ वटा, इमेलबाट १९३ वटा,आयोगको वेभसाइटबाट १३० वटा, टेलिफोनबाट २७ वटा, समाचार पत्रबाट १३ वटा, मोबाइल एपबाट २१ वटा र फेसबुकबाट २ वटा र भाइबरबाट एउटा उजुरी परको तथ्याङकमा उल्लेख छ ।
मंसिर महिनामा आयोगमा ९९२ वटा उजरी परेका छन् । यस महिनामा लिखित निवेदनबाट ३०७ वटा, हुलाक सेवाबाट २६९ वटा, इमेलबाट २०५ वटा,आयोगको वेभसाइटबाट १२२ वटा, टेलिफोनबाट ३१ वटा, समाचार पत्रबाट २३ वटा, मोबाइल एपबाट १४ वटा र फेसबुकबाट ३ वटा उजुरी परेको हो ।
यस्तै, पुसमा एक हजार ११५ वटा उजुरी परेका छन् । जसमा लिखित निवेदनबाट ३९१ वटा, हुलाक सेवाबाट २०३ वटा, इमेलबाट २०५ वटा, आयोगको वेभसाइटबाट १९१ वटा, टेलिफोनबाट ६७ वटा, समाचार पत्रबाट ८ वटा, मोबाइल एपबाट १३ वटा र फेसबुकबाट ५ वटा एउटा उजुरी परेको तथ्याङकमा उल्लेख छ ।
यसैगरी आयोगको तथ्याङक अनुसार माघमा एक हजार ६५७ वटा उजुरी परेका छन् । जसमा लिखित निवेदनबाट १८५ वटा, हुलाक सेवाबाट ९५ वटा, इमेलबाट १५८ वटा, आयोगको वेभसाइटबाट १३६ वटा, टेलिफोनबाट २७ वटा, समाचार पत्रबाट २२ वटा र फेसबुकबाट ६ वटा एउटा उजुरी परेको तथ्याङकमा उल्लेख छ ।