बिर्तामोडः झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौकका ३४ वर्षीय अमरबहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
सोमबार बिहान साढे ५ बजे तामाङले मोबाइल बिगारेको बिषयमा ३४ वर्षीय अनिता लिम्बूलाई घाँटी तथा शरीरमा चक्कु प्रहार गरी आफ्नै घरमा हत्या गरेका थिए । चक्कु प्रहार गर्ने तामाङ सीमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ । मृतक लाश आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि मेची अस्पताल लगिएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।