धनकुटाः धनकुटाको पाख्रिवास नगरपालिका-९ बस्ने ५९ वर्षीया शिवमाया पूर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको छ ।
सोमबार बिहान पौने १० बजेको समयमा आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आफ्नै शरीरमा आगो सल्किँदा मगरको घटनास्थलमा नै मृत्यु भएको भन्ने जानकारी पाएसँगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटस् गई प्रारम्भिक अनुसन्धान गरी शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा ल्याइएको छ भने अन्य थप अनुसन्धान भइरहेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।