Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्वमा पनि बन्यो ८ करोड २० लाखमा नेपालको दोस्रो लामो झोलुङ्गे पुल

हाम्रो कोशी आवाज
फाल्गुन २ २०७८, सोमबार
पूर्वमा पनि बन्यो ८ करोड २० लाखमा नेपालको दोस्रो लामो झोलुङ्गे पुल

इलामः दक्षिणी इलामको माइ नगरपालिकाको बिहीबारे र वडा नम्बर–१ को घण्टे जोड्ने झोलुङगे पुल बनेपछि स्थानीयवासी हर्षित भएका छन् ।
८ सय २० मिटर लामो झोलुङगे पुल नेपालमा निर्माण भएका मध्ये दोस्रो लामो झोलुङगे पुल रहेको छ । पुल निर्माण पछि माइखोला वारपार गर्न सहज भएको छ ।
इलामको माइ नगरपालिकाको बिहीबारे र घण्टे जोड्ने झोलुङगे पुल निर्माण भएपछि स्थानीयवासिन्दा दङ्ग परेका छन् । माइखोलामा निर्माण भएको पुल देशकै दोस्रो लामो झोलुङगे पुल हो । मल्टी स्पान पुलको लम्बाई ८ सय २० मीटर रहेको छ । यसअघि महाकाली चाँदनी दोधारा जोड्ने एक हजार चार सय ५२ मीटर लामो पुल बनेको थियो । यो पुल निर्माण भएसँगै स्थानीयलाई खोला वारपार गर्न सहज भएको स्थानीय प्रेमबहादुर कार्कीले जानकारी दिए ।
संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभागबाट ८ करोड २० लाखमा पुलको निर्माण सम्पन्न भएको हो । निर्माण कम्पनी थानी हिमशिखर जेभीले निर्माण अवधिको ६ महिना अगाडि नै पुल निर्माण सम्पन्न गरेको विभागले जनाएको छ । सात वटा पीलरसहित निर्माण भएको यो झोलुङगे पुलको चार वटा टावर रहेको जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल बताउँछन् ।
माइखोलामा पुल निर्माण भएपछि माइ नगरपालिका १ को घण्टेदेखि लिएर देउमाई नगरपालिका जीतपुरसम्मका बासीन्दालाई आवत जावत गर्न सहज भएको छ । बिरामीलाई अस्पताल लान र विद्यार्थीलाई विद्यालय जान सजिलो भएको छ । यो क्षेत्रमा पुल नहुँदा वर्षेनी खोला तर्नु बाध्यता थियो भने गत वर्ष मात्र तीनजना विद्यार्थीलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । पुल निर्माणपछि यस क्षेत्रका बासिन्दाको दुःख दुर भएको छ ।

प्रकाशित मिति: फाल्गुन २ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend