विराटनगरः मोरङको सुनवर्षी नगरपालिका–८ स्थितबाट खैरोहिरोइनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको सुनवर्षी–१ का २३ वर्षीय विनोद तामाङ रहेका छन् । प्रहरी चौकी सिक्टीबाट खटिएको गस्ती टोलीले पैदलयात्री तामाङलाई शंका लागि चेकजाँच गर्दा निजले प्लास्टिकमा पोको पारी शरीरमा लुकाइराखेको १ ग्राम ७४० मिलिग्राम खैरो हिरोइन बरामद भएको हो ।
प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।