सुनसरीः सुनसरीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रमेश ल्वागुन रहेका छन् । दुहबी नगरपालिका ८ जुटमिलमा पिकअप जीपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री उनको उपचारको क्रममा मङ्गलबार बिहान मृत्यु भएको हो । उनकोे विराटनगरस्थित विराट नर्सिङहोममा उपचारको क्रममा बिहान सवा ३ बजे मृत्यु भएको हो ।
ना १ ज ३० ५१ नम्बरको जीपले पैदलयात्री उनलाई सोमबार राति साढे ७ बजे ठक्कर दिएको थियो । ठक्कर दिने जीपसहित चालक इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेका छन् ।