Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१७ का पेशल थापाद्वारा २० हजार सहयोग

हाम्रो कोशी आवाज
फाल्गुन ३ २०७८, मंगलबार
धरान-१७ का पेशल थापाद्वारा २० हजार सहयोग

धरानः देशकै नमूनाको रुपमा रहेको उदय समुदायिक उपभोक्ता वन समितिमा रहेको काठको कर्भडहल मर्मत सम्भारका लागि धरान–१७ चतरा मार्ग निवासी पेशल थापाले २० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
थापाले शनिबार उदय वनका अध्यक्ष एवं कर्भडहल मर्मत सम्भार आर्थिक संकलन समितिका संयोजक जसकुमार राई, कोषाध्यक्ष मनोज विष्ट र सदस्य रमेशचक्र खड्काको हातमा सहयोग रकम हस्तान्तरण गरेका थिए । वैदेशिक रोजगारीमा रहेको थापा छुट्टीमा घर आएका हुन् ।
करिव १० वर्ष अगाडि सामुदायिक वनले सखुवाको काठको प्रयोग गरेर कभर्डहल तथा सभाहल निर्माण गरिएको हो । लामो समय मर्मत–सम्भार नभएको कारण हल जीर्ण बन्दै गएपछि वन उपभोक्ता समितिले मर्मत–सम्भारका लागि समिति नै बनाएर आर्थिक संकलन कार्य सुरु गरेका हुन् । मर्मतसंभारका लागि करिब ५ लाख रुपैया लाग्ने भएपछि धरान १७ नम्बर वडामा रहेको संघसंस्था, व्यवसायी तथा व्याक्ति विशेषहरु वाट सहयोग संकलन सुरु गरिएको कोषाध्यक्ष मनोज विष्टले जानकारी दिए । हाल सम्म नगद एक लाख रुपैयाँ र ६० लिटर रंग सहयोग संकलन भइसकेको छ ।
उपभोक्ता समितिले वनलाई खेलकुद पर्या पर्यटनमा परिमार्जन गरी थप नमूना उपभोक्ता वन बनाउने योजनामा रहको अध्यक्ष राईले बताएका छन । वनमा हाल खेलाडीहरु इन्डोर व्याडमिन्टन, कराँते, बाहिर खुला मैदानमा टेबलटेनिस र भलिबल खेल्दै आएको पाइएको छ । चाँडै नै थप बास्केटवल खेल, सेपाकटेक्रो, खुला चेस, एक्सरसाइजका लागि जगिङ्ग गर्ने ट्रयाकलगायत निर्माण गर्ने योजना रहेको अध्यक्ष राई बताउँछन् ।

प्रकाशित मिति: फाल्गुन ३ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend