Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा लागूऔषधसहित समातिएका युवा सार्वजनिक

हाम्रो कोशी आवाज
फाल्गुन ३ २०७८, मंगलबार
सुनसरीमा लागूऔषधसहित समातिएका युवा सार्वजनिक

सुनसरीः सुनसरीको इनरुवा नगरपालिका वडा नं.३ स्थित पूर्व–पश्चिम राजमार्गबाट दुईजना लागूऔषधसहित पक्राउ परेका छन् ।
शंकास्पदरुपमा उभिएका इनरुवा–५ बस्ने वर्ष २३ को रोशनकुमार मेहता र रामधुनी–१ बस्ने वर्ष २३ को सिकेन्दर अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । दुई युवाबाट लागूऔषध नाइट्रोसन १० लेखिएको १९० ट्याब्लेट वरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरी चौकी सिसुवाधरमपुरबाट खटिएको प्रहरी टोलीले दुईजना भारतीयसहित तीनजनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउने सवारी साधनरुलाई चेकजाँच गर्ने क्रममा भारतीय नम्बर बिआर ५० एम २२३८ नम्बरको मोटरसाइकलमा सवार तीनजनामा चेकजाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य ववुवान पञ्चायत घर बताउने आनन्दकुमार मेहता, मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका पंकजकुमार मेहता र बीचमा सवार रहेका सुनसरी गढी गाउँपालिका ३ बस्ने नेत्रनारायण यादव रहेका छन् ।
उनीहरुवाट लागूऔषध फेनारागन – ५० एम्पुल, नोफिन – ५० एम्पुल, डाइजेल्याप – ५० एम्पुल फेला पारिएको प्रहरीले जनाएको छ । उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको प्रक्रियाका लागि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन ३ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend