Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्रेक फेल भएर टिपर दुर्घटना हुँदा किशोरको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन ४ २०७८, बुधबार
ब्रेक फेल भएर टिपर दुर्घटना हुँदा किशोरको मृत्यु

उदयपुरः उदयपुरमा टिपर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ हाँडेबासमा बालुवा, गिटी लोड भएको टिपर दुर्घटना हुँदा १९ वर्षीय उज्वल खपाङ्गीको मृत्यु भएको हो ।
दुर्घटना मङ्गलबार साँझ करिब ६ः४५ बजेतिर भएको हो । उदयपुर उदयपुरगढी गाउँपालिका ७ हाडेवास चिउरीबासस्थित बाधखोर–कोल्टे भित्री सडक खण्डमा नेपालटारबाट कोल्टेतर्फ बालुवा गिट्टी बोकेर जाँदै गरेको पवित्रा निर्माण सेवा कम्पनीको स१क १९० नम्बरको टिपर अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खस्न पुगेको थियो ।
दुर्घटनामा चालकसहित चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए । उनलाई तत्काल उद्दार गरी बोक्सेस्थित जिल्ला अस्पताल उदयपुरमा भर्नापछि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
बाँघखोर–कोल्टे भित्री सडकखण्डबाट लोडसहितको टिपर ओरालोमा ब्रेक नलागेको प्रहरीले जनाएको छ । उनको टाउको र शरीरको विभिन्न भागमा गहिरो चोट लागेको थियो । टिपरका चालक सप्तरीको कल्याणपुर २ का २९ वर्षीय उमेशकुमार चौधरीको अवस्था पनि गम्भीर छ । उनको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, अर्का घाइते १७ वर्षीय युवराज खपाङ्गीको अवस्था पनि असामान्य छ । युवराजको हातखुट्टामा चोट छ । सोही ठाउँका २४ वर्षीय भरत खपाङ्गी पनि घाइते छन् । घाइतेमध्ये उमेशकुमार र भरतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त टिपर घटनास्थलमै छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन ४ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend